Jhilkey And The Company

Nilo Suitcase by Jhilkey And The Company

Jhilkey And The Company



झोलाहरु तयार छन्
लुगा पनि लागे सके
पर्खिदै छन् , driver दाइ
आज मलाई लानलाई
तर नि किन यो मन
तयार छैन जानलाई
यहाँबाट

भोलि भोलि भन्दा भन्दै
दिन मेरो आई सकेछ
हेर्दा हेर्दै समय मेरो
कति छिटो बितसकेछ
अत्तालिन्छु, सास फेर्न गारो हुन्छ
जानु मन छैन, 
तर जानुपर्छ
मलाई

नेपालीको  सपना
के विदेशमा मात्रै पुरा हुन्छ?

स्वतन्त्र छौ भन्छौ हामी
तर केबाट थाहा छैन
गौरव गर्छौ हाम्रो अतित सम्झी
तर भबिस्य कहाँ जादै छ?
थाहा छैन

मनमा कुरा खेल्दै छन्
समय बित्दै छ
तर यो

नेपालीको सपना
के विदेशमा मात्रै पुरा हुन्छ?
SONGWRITERS Steve Dewan