Lyrics:
Intro: Jhuma Limbu घर केले छाउनू ? पराल न खर, छैन नि झिँगटी घर केले छाउनू ? पराल न खर, छैन नि झिँगटी हौ, भाग्यमै भए कमाउँछु भन्छ चार टिन सम्पत्ति हौ, भाग्यमै भए कमाउँछु भन्छ चार टिन सम्पत्ति Bridge: Jhuma Limbu गाई भने सानो दूध दिन्छ मानु, खानू कि नखानू ? मागेरै लाउन नसक्नेसँग जानू कि नजानू ? Chorus: Jhuma Limbu धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ? धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ? Verse 1: Jhuma Limbu बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर रितभाँतैबिना आँखाको चालमा नौडाँडा काटेर हौ, भगाई पो लान्छु भन्छ हौ काफ्ले, जानू कि नजानू ? Chorus: Jhuma Limbu धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ? धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ? Verse 2: Sujan Chapagain हह, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डर हे, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डर नफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भर हौ, नफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भर Bridge 2: Jhuma Limbu सुन है साथी, दोधारमा परेँ, के गर्नू के गर्नू ? देखाउने माया, भगाउने माया, कुन चाहिँ पत्याउनू ? Chorus: Jhuma Limbu धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ? धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ? Outro: Jhuma Limbu धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ? धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
SONGWRITERS
Yubaraj Kafle