Melina Rai

Paranai Dinchhu ft. Hari Lamsal by Melina Rai

Melina Rai



हाँस भन हाँसी दिन्छु
रोउ भन रोइ दिन्छु
 माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु परानै दिन्छु

मुरी कुइन्टल चाहीदैन मायाँ 
साँचो हो भने चुट्की काफी छ
रोपनी बिघा चाहीदैन मलाई
साँचो हो भने धुर नै काफी छ

भन्दिन म आकाशको तारा झार भनेर 
भन्दिन म, संगै बाँचौ संगै मरौँ भनेर 
मलाई तिम्रो न्यानो मायै काफी छ
मलाई तिम्रो यो पल नै काफी छ

जाउ भन गई दिन्छु
आउ भन आई दिन्छु
 माग तिमी मसंग जे छ
परानै मागे परनै दिन्छु

आँखा मात्र हैन मन भित्रै सजाकी छु
सीरै माथी हात राखी कसम खा छु
त्यो मनमा कतै मलाई लुकाइ देउ
हिरा मोती हैन साँचो  माया देउ

जित भन जिती दिन्छु
हार भन हारी दिन्छु
 माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु
LYRICS CONTRIBUTORS sonikabaniya
SONGWRITERS Pralad Shah