Melina Rai

Jail pani sahula ft. Bal Bahadur Rajbanshi by Melina Rai

Melina Rai



जेल पनि सहुँला नेल पनि सहुँला   
जेल पनि सहुँला ए कान्छी  नेल पनि सहुँला
तिमी हुन्छ मात्रै  भन... २    
दुनियाँको झेल पनि सहुँला
ए कान्छी झेल पनि सहुँला
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला

आगो नि सहुँला पानी नि सहुँला
आगो नि सहुँला ए कान्छा पानी नि सहुँला      
तिमी लान्छौ भने मलाई ... २  
दुखै दु:खको खानिनी सहुँला    
दु:खको  खानिनी सहुँला 
खानिनी सहुँला 
दु:खको  खानिनी सहुँला

अधुरै हुन्छु नि ओठको हाँसो  
तिम्रो साथ् बिना यो जिन्दगी पासो 
चुलिका चुलि मै माया दिउँला 
तिम्रा दु:ख पिडा सबै मै लिउँला
पिर नगर मेरै भर पर 
नमान कत्ति  डर  

हाँसो नि सहुला ए कान्छा आँशु  नि सहुँला 
तिमी लान्छौ भने मलाई.....२ 
दुनियाँको चासो नि सहुँला
ए कान्छा चासो नि सहुँला  

आंधी नि सहुँला उर्लेको भेल पनि सहुँला    
तिमी जान्छु मात्रै भन.....२
खेल पनि सहुँला
नमिठो खेल पनि सहुँला    

चाहिदैन सुनको सिक्री सुनैको बाला 
लाख हुन्छ तिमीले दिएको फुलैको माला 
हामी यस्तो संसार बनाउँला 
जहाँ माया नै माया सजाउँला 
त्यही संसारमा दुनियाँलाई स्वर्ग के हो देखाउँला 

दिन पनि सहुँला  ए कान्छा रिन पनि सहुँला  
तिमी लान्छु  मात्रै भन.....२ 
जस्तो सुकै छिन् पनि सहुँला   
ए कान्छा रिन पनि सहुँला  

जाल पनि सहुँला ए कान्छी गाल पनि सहुँला    
तिमी हुन्छ  मात्रै भन.....२
परि आए काल पनि सहुँला           
ए कान्छी काल पनि सहुँला  
काल पनि सहुँला 
ए कान्छी काल पनि सहुँला ....
LYRICS CONTRIBUTORS sonikabaniya
SONGWRITERS Rohan Poudel "Janak"