Samriddhi Rai

Ma Chahi Nepali Video

Samriddhi Rai




Lyrics:
आज कति भागमा फुट्यौं हामी जातकै कुरामा अल्झी जानी नजानी जब संसार मिलिजुली एकै हुँदैछ । केटा कुन जातको मनपराईस् ? केटी कुन थरको तैले भगाईस् ? किन यहाँ सबैलाई राज्य चाहिएको छ? को मतवाली को बाहुन क्षेत्री ? के हामी एकै होइनौं र ? त्यसैले जातभात छुट्याउनेलाई तिमी यही भन्ने गर । तिमी को हो थाहा भएन म चाहिँ नेपाली तिमी को हो थाहा भएन म चाहिँ नेपाली । मानिस ठूलो जातले हुन्न यहाँ दिल नै ठूलो सबै थोक भन्दा मुना मदन आए गए कसैले केही बुझेन । सगरमाथा कसको भागमा पर्ला फेरि ? बुद्ध बाड्ने कसको जिम्मेवारी नेपाल, हाम्रो प्यारो देशमा हिंसा अब चाहिएन को आदिवासी, को जनजाति के हामी एकै होइनौं र ? त्यसैले जातभात छुट्याउनेलाई तिमी यही भन्ने गर तिमी को हो थाहा भएन म चाहिँ नेपाली तिमी को हो थाहा भएन म चाहिँ नेपाली । बरदान नै पायौं हामीले सुन्दर यो हाम्रो देश कति रमाइलो विविधताको रङ्गिन भेष सानो राष्ट्र तर सपना विशाल बोकी संसारै जित्न लम्किदैछ नेपाली ।
SONGWRITERS
Samriddhi Rai