Sajjan Raj Vaidya

Phutki Jaaney Jovan by Sajjan Raj Vaidya

Sajjan Raj Vaidya



फुत्केर गयो यो उमेर नि
ढाकाले ढाकेर राखेको
आफैमा आई लाग्यो कि, खै के?
जवानी भरको ढाँटेको

बुझ्न नसकिने खै के हो
दुई दिन रितको संसार यो
एक त हिजो मै खेर गैगो
आज नि अवेर भै सको

म चाँही आफ्नै बाटो लागुँ है अब
म चाँही आफ्नै बाटो लागुँ है अब

हिजो त जवानी ढल्के थ्यो
आज नै त्यहि कुरो खै के भो?
पिरती लाखेटेरै हो कि, जिन्दगी मेरो खेर गाको
अरुको कुरो त सुनेर दौडिनु दौडियो चारै तिर
चाउरो परेसी पो थाहा भो धन सबै नहुदो रहेछ

म चाँही आफ्नै बाटो लागुँ है अब
म चाँही आफ्नै बाटो लागुँ है अब

बुझ्न नसकिने खै के हो
दुई दिन रितको संसार यो
एक त हिजो मै खेर गैगो
आज नि अवेर भै सको
SONGWRITERS Sajjan Raj Vaidya