Lyrics:
तिमी र म भेट्दा,
एक अर्काको सामुन्ने पर्दा
तिमी र म भेट्दा,
एक अर्काको सामुन्ने पर्दा
नबोलेर, नदेखेर नहिडौँ मायामा 
हात हल्लाऔँ, बोलौँ, बोलाऔँ
सञ्चो बिसञ्चो सोधौँ मायामा
मौसमका कुरा गरौँ,
घाम र पानी, बादल
र बर्खाका कुरा गरौँ
मायामा मायामा
आफ्ना मात्रै किन 
सके जती सबैका कुरा गरौ 
मायामा 
वरपर, छरछिमेक, समाज
सडक र मान्छेहरु,
थिति र बेथिति,
देश र राजनीतिका भए पनि कुरा गरौँ
कुरा गरौँ 
मायामा 
मनभित्रका हुटहुटी
भड्किएका, थामिएका
जे जस्ता छन्
या अल्झिएका, या बल्झिएका
के कस्ता छन्
सम्झेका, बिर्सेका
नचाहेका, नपाएका
तिमि र मलाई उसै गरि सताउने 
अध्यारा रातका कुरा गरौ 
मायामा मायामा 
मायाका कुरा न हुन् 
अरु जे सुकै का कुरा गरौ 
मनका कुरा मन मै थुनौंला बरु
मायामा 
नबोलेर नहिडौँ मायामा मायामा 
मायामा मायामा 
मायामा मायामा 
मायामा मायामा