Lyrics:
केटा:-
के भो खै?
खै के भो
छैन म जे हो
फुस्सै उडें बाफ भै
रहिन म आफू मैं
केटी :-
के के हुन्छ?
हुन्छ के के
छैन म थिए जे
लाग्यो किन किन लाज झैं
लुके आँखा त्यसै त्यसै
हुक :-
(तिम्रै दायाँ तिम्रै बायाँ
ज्यान घुम्छ फनफन्ती,
झ्याप्पै ठोकी लाहाछाप
मायालाई सिलबन्दी )
अन्तरा 1
केटा:-
तिमिलाई हेर्न जुनकीरी आउला
तिमिलाई सुनाउन बतासले गाउला
रहिन म आफुमै
केटि:-
बादलु सर्दै सर्दै यतै त आउला
तिम्रो खबर मैलाई त सुनाउला
लुके आँखा त्यसै त्यसै
अन्तरा 2
केटि:-
मेरा सबै सबै कुरा
तिमीतिरै छोडी आंए
सम्झिएर पुर्याइ जानु
भन्ने खबर जूनलाई पठांए
केटा:-
तिम्रो कालो केशको
म छायामा हराएं
धेरै गरुं माया भन्दा
म थोरै डराएं
रहिन म आफू मै
केटि : लुके आँखा त्यसै त्यसै
अन्त्यमा
केटा: फुस्सै उडें बाफ भै
रहिन म आफू मैं
केटि : लुके आँखा त्यसै त्यसै