Daisy Baraili

Bhaisi Ladyo Hai by Daisy Baraili

Daisy Baraili



छोरा चाही है माया हिड्दछ डुलेर
तरुनीको है मायाँ गफैमा भुलेर
तरुनीको है मायाँ गफैमा भुलेर

भन्न लागिन् आमा चाहीले त्यो छोरा लाई हेर
घरको काम गर्न छोरा को छ यति खेर
गाउँ घरका जोरी पारि हास्न लागे हेर
छड्के टोपि लगाई हिड्छन् ढाँचा पारि हेर

मर्ने बेला है माया भैसक्यो मेरो
यो घर वारी है माया सबै नै हो तेरो 
आमा चाहीको कुरा सुनि छोरो छक्क पर्यो
एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो
तल्लो घरमा पस्ने साथ भन्यो कान्छालाई
मेरो पनि लौ है भैसी हेरिदेऊ है दाई

भैँसी छाड्यो है माया अर्का को भरमा
आफु हिड्यो है मायाँ दार्जिलिङ सहरमा

हातमा घडि साईकल चढी होटेलैमा पस्यो
तरकारी र हल्लुवा पुरि खान मेचमा वस्यो
आमा चाहिँ घरमा हेर रुन्छीन् धर धर
छोरा चाहि बस्ने हैन एकै छिन घर
भैसी लड्यो है माया भिरवाट हेर
नौ सय साठी माया गैहाल्यो लौ खेर

सुपारी र चुरोट च्यापि आई पुग्यो छोरो
रुदैै भन्छीन् बुढि आमा कहाँ गई थिस मोरो
भैसी पनि मरी हाल्यो करर्र दाह्रा किटी
रुदै भन्छीन् बुढी आमा छाति पिटी पिटी

भैँसी मर्यो है माया खुत्रुक्कै हेर
नौं सय साठी माया गै हाल्यो लौ खेर

छोरा चाही है माया हिड्दछ डुलेर
तरुनीको है मायाँ गफैमा भुलेर
तरुनीको है मायाँ गफैमा भुलेर
तरुनीको है मायाँ गफैमा भुलेर
LYRICS CONTRIBUTORS manibibek
SONGWRITERS Daisy Baraili