Aruna Lama

akha ma mero by Aruna Lama

Aruna Lama



आँखामा मेरो छाइरहेको बादलु फाटेन
आँखामा मेरो छाइरहेको बादलु फाटेन
सेरो र फेरो गुम्सिरहेको अँध्यारो भागेन
आँखामा मेरो छाइरहेको बादलु फाटेन

तुफान चल्छ यो मन भित्र लाग्दछ बाडुली
तुफान चल्छ यो मन भित्र लाग्दछ बाडुली
यो तन जल्छ नजिक किन बस्दछ न्याउली
आँखामा मेरो छाइरहेको बादलु फाटेन

अल्झिदै जान्छ मुटुको गाँठो फुक्दैन फुकाई
अल्झिदै जान्छ मुटुको गाँठो फुक्दैन फुकाई
गालामै जम्छ आँसुको टाटो लुक्दैन लुकाई
आँखामा मेरो छाइरहेको बादलु फाटेन

तुंवालो खेल्छ आकाश भरि पखेटा फिजाई
तुंवालो खेल्छ आकाश भरि पखेटा फिजाई
उज्यालो रुन्छ निशस छोडी परेला भिजाई
आँखामा मेरो छाइरहेको बादलु फाटेन

सेरो र फेरो गुम्सिरहेको अँध्यारो भागेन
आँखामा मेरो छाइरहेको बादलु फाटेन
SONGWRITERS Ratna Shumsher Thapa