Pahenlo Batti Muni

Tatepate Bhitta Video

Pahenlo Batti Muni




Lyrics:
तिमीले चाहेको उज्यालो मैदान, म अँध्यारो कोठा । तिमीले चाहेको खुला आकाश, म बन्द चार कुना । सप्तरङ्गी सपना तिम्रो, टाटेपाटे बैजनी भित्ता म । तिमीले चाहेको हँसिलो मुस्कान, म रसाएका आँखा । तिमीले चाहेको अँगाल्ने हात, म भागिरहने गोडा । मुटुभरी आशा तिम्रो, मायादेखि डराउने मन, म । गह्रुङ्गो याद मायाको भारी बिसाउँदा नि, दोधारे चित्त दुखिरहन्छ फकाउँदा नि, सधैँ माया दिनेछु भन्ने साथी तिमी, बितेको पल सम्झि-सम्झि टुक्रिराख्ने म..
SONGWRITERS
Rochak Dahal