Shaurav Bhattarai

Kitadu Video

Shaurav Bhattarai




Lyrics:
के तिम्रो सूक्ष्म यन्त्रले मेरो भावना बुझ्छ ? रसायनलाइ प्रकृति भन्छौ, तिम्रो प्रविधि असफल विज्ञानको असफल प्रयोग देउ समाजको मानसिक वियोग देउ धुँवा देउ , नशा देउ , सम्भोग देउ म तिमीलाई रोग दिन्छु म कीटाणु, म कीटाणु के म सृष्टि हो ? कि परिक्षण हो ? विज्ञान नै विकृति को लक्षण हो अम्मले औषधी, पौष्टिक विषादी संकुचित सोच देखि शौच सम्म संक्रमित शुक्राणु - संग्राम देउ प्रकाश संलेशन - रुघ्द घाम देउ शिक्षालाइ - जैवीक सर्वनाम देउ तिमीलाई बिजोक दिन्छु म कीटाणु, म कीटाणु (विलासका लागि शुन्य थिच्नुहोस , अनि विश्वासका लागि एक) म पनि जिवाणु हो तिमि जस्तै कोषाणु हो स्वतन्त्र परमाणु हो कृत्रिम संयोग दिन्छु म कीटाणु, म कीटाणु