Bartika Eam Rai

Samjhana Ma Video

Bartika Eam Rai




Lyrics:
सम्झनामा म सधैँ हाँसिरहू बाटो छुटेदेखि कस्तो कस्तो संसार तिमीले एक्लै देख्यौ होला सबैभन्दा टाढा कति फेरी फेरी यहि एउटा जीवन कति थरि बाच्यौ होला छ कसलाई थाहा दुख कै कुरा गर्ने हो भने साँझ हैन धेरै साँझ चाहिन्छ तिमीलाई थाहा छ झुटो नबोली खुला सत्य बोल्ने हो भने कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ सम्झनामा म सधैँ हाँसीरहू सम्झनामा तिमी सधैँ हांसीरह अनि ए साथी, भेट भयो आज कति वर्षपछि ? माईला दाईको रेडियोमा सँगै गीत गाईहिड्थे हुने हो म गायिका भन्दै हिड्थे म तैँले बुनिदिएको सपना पछ्याउँदै आईपुगे यहाँसम्म सपनाको झोला बोकी आकाश चुम्ने साहस लिँदै ठूलो मान्छे बन्ने हू म भन्दै गाथ्यिस तँ एकचोटी पनि नफ़र्किकन उडीहालिस त्यहि ठूलो जहाजमा सम्झनामा म सधैँ हाँसीरहू सम्झनामा तिमी सधैँ हांसीरह सिकेकै कुरा गर्ने हो भने यथार्थदेखि रहेछ सोच कति टाढा भोगेकै कुरा साट्ने हो भने कति आँसु बग्नेछन् यहाँ तिमीलाई थाहा छ सम्झनामा म सधैँ हाँसीरहू सम्झनामा तिमी सधैँ हांसी नै रह
SONGWRITERS
Bartika Eam Rai